देश

गरिब र निमुखा नागरिकको हितमा काम गर्नुपर्छः राष्ट्रपति पौडेल



काठमाण्डौ, ०७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाण्डौका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले ग्रामीण क्षेत्रका गरिब र निमुखा नागरिकको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।

केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो । अध्यक्ष आचार्य र महासचिव परमेश्वर पोखरेलले राष्ट्रपति पौडेललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । रासस

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६