प्रदेश

समाजका मुख्य समस्यामा केन्द्रित मिसनमा काम हुन्छः इन्सपेक्टर जोशी




हरि घिमिरे

कपिलवस्तु, ०७ चैत्र ।
इलाका प्रहरी कार्यालय वाणगंगा २ पिपराका प्रहरी निरीक्षक (इन्सपेक्टर) कोशिस बाबु जोशीले समाजका मुख्य समस्यामा केन्द्रित मिसनमा काम गर्ने बताएका छन् । उनले मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रम यस्तो बताएका हुन् ।
उनले भने “समाजमा शान्ति सुरक्षा कायम गर्नमा सबैको उत्तिकै दायित्व रहन्छ ।” प्रहरी प्रधान कार्यालय काठमाण्डौँबाट भर्खर पिपरामा सरुवा भई आएका प्रहरी निरीक्षक जोशीले प्रहरी र समुदाय मिलेर काम गर्न सके मात्र समाजमा शान्ति सुरक्षा कायम हुने बताएका हुन् ।
पत्रकारहरुले यस इलाका र जिल्लाका मुख्य समस्याका बारेमा जानकारी दिँदै नदीजन्य पदार्थको दोहन, काठ तस्करी, लागु पदार्थ दुव्र्यसनी नियन्त्रणलाई प्राथमिकतामा राखी निर्मम भएर लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा धेरै नबोलेका उनले भने ‘हाम्रो एउटा मुख्य जिम्मेवारी छ शान्ति सुरक्षा कायम गर्नु, यहाँ हामी केन्द्रित हुन्छौँ । लागु पदार्थ दुव्र्यसनी रोक्नु हाम्रो प्रमुख कार्य हो । तर अरु बिषयमा भने समुदायकै सहयोग चाहिन्छ । समुदायबाट जति सुचना प्राप्त हुन्छ । त्यति काम गर्न सजिलो हुन्छ । छाडा पशु चौपाय नियन्त्रण, नदीजन्य पदार्थ र काठको तस्करी नियन्त्रणमा समुदायकै साथ चाहिन्छ ।’
‘प्रहरी नै बिभिन्न प्रलोभनमा फसेर ठिक ढंगबाट काम हुन नसकेको पत्रकारको जिज्ञासामा उनले थपे ‘मेरा मातहतका प्रहरीको जिम्मेवारी म लिन्छु । गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने काम कार्यालयबाट हुनेछ । मातहतका प्रहरीले बदमासी गरे कारबाही हुन्छ । अरु विषयमा जनता र पत्रकारले सहयोग गर्नुहोला । मिलेर केही राम्रो काम गर्न सकिन्छ ।’

‘जनताले दिने सूचना भने गोप्य रहन्छ । समाजलाई गलत दिशामा लैजने अपराध कर्मका सुचना दिन तपाईहरुले पनि सहयोग गर्नुहोला । अपराध अनुसन्धानमा प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहुन अनुरोध छ’, उनले भने ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६