ब्रेकिंग न्युज

लायन्स क्लव अफ कपिलवस्तुको अध्यक्षमा ओम प्रकाश घिमिरे



कपिलवस्तु, ११ चैत्र । लायन्स क्लव अफ कपिलवस्तु २०२३-२४ का लागि नयाँ नेतृत्व चयन भएको छ । अर्घाखाँची स्थित सितगंगा १३ मा रहेको गुराँस जंगल रिसोर्टमा आयोजना भएको ७ औँ अधिवेशनबाट २०२२-२३ का प्रथम उपाध्यक्ष समेत रहेका ओम प्रकाश घिमिरे २०२३-२४ का लागि अध्यक्षमा सर्व सहमत चयन भएका छन् ।

त्यस्तै नवदत्त घिमिरे प्रथम उपाध्यक्ष, नारायण पौडेल, सुमन क्षेत्री , सागर घिमिरे र विश्वराज खनाल उपाध्यक्ष्यमा चयन भएइका छन् । त्यस्तै राम प्रसाद भुसाल सचिव, गिरीराज कंडेल कोसाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

लायन्स क्लव अफ कपिलवस्तु को स्थापना काल देखि विभिन्न पदमा रही काम गर्दै आएका घिमिरे एक कुशल शिक्षाप्रेमी समेत हुन् । घिमिरे वाणगंगामा रहेको बाल माध्यमिक विद्यालय बैरीया तथा वाणगंगा बहुमुखी क्याम्पस लौगाईमा कार्यरत रहेका छन् ।

325P का डिस्टिक सेक्रेटरी तथा लायन्स कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के.सीको प्रमुख अतिथियता रहेको थियो । प्रमुख अतिथिका रुपमा बोल्दै के.सीले लायन्सका लागि र लायन्स एक अन्तर्राष्ट्रिय स्तरको क्लव भएकाले यसमा तन मनले काम गरीरहेकामा क्लवका सबै सदस्य प्रति आभार व्यक्त गर्नुभएको थियो ।


यस्तै कार्यक्रम 325P रिजन १४ का जोन चियर पर्सन सुरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । आयोजित ७ औँ अधिवेशनका लागि क्लवका पुर्व अध्यक्षको संयोजक रहने गरि क्लवका पुर्व अध्यक्षहरु सहितको निर्वाचन समितिले नयाँ नेतृत्व चयन गरेको थियो ।


आयोजित ७ औँ अधिवेशन २०२२-२३ का अध्यक्ष राम शुभागे थारुको अध्यक्षता, २०२२-२३ का प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरेको स्वागत मन्तव्य तथा २०२२-२३ का सचिव शान्त राज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६