प्रदेश

कपिलवस्तुमा ब्यापारी माथि गोली प्रहार, १७ लाख बढी लुटपाट



कपिलवस्तु, ११ चैत्र ।

कपिलवस्तुको मायादेविमा गोली प्रहार गरी १७ लाख बढी लुटपाट गरिएको छ । चाकर चौडा सडक अन्र्गत बिजुवा पुल नजिकै किराना पसल गर्दै आएका एक व्यपारीलाई लुटपाट गरिएको हो । अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किनारा ब्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन।

मायादेबी गाउपालिका– १ पकडीका किनारा ब्यापारी रमेश अग्रहरीले चाकरचौडा स्थित आफनो राजीव किनारा एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कनेक्रममा ४ वटा मोटरसाईलमा आएका अपराधिक समुहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन।

बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको ब्यापारी अग्रहरीले बताए। गोली गाडीको बम्परमा लागेको थियो। अपराधिक समुहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाईलक मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाईलमा एक एक जना सवार थिए।

अपराधिक समुह घटना पछि भारत तर्फ लागेका थिए।घटना बारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटना स्थल पुगको थियो। सुरक्षाकर्मीको टोलीले घटना स्थलको निरीक्षण समेत गरेको थियो। प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी र सो रकम सहीत घटना अनुसंधान गरीरहेको बताए। घटना कै बिषयमा ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाईमा अनुसंधान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ । ढेड महिना अघि समेत चाकरचौडामा एक ब्यापारीमाथी गोली प्रहार भएको थियो। पटक पकट को घटनाले चाकरचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका ब्यापारीहरु बताउछन । उनीहरुले सुरक्षा स्थिति बजबुदत बनाई अपराधिक समुहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे । प्रहरी उपरिक्षक बस्नेतले सिमावर्तीै क्षेत्रमा सुरक्षा ब्यवस्था थप कडा गरिएको बताए।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६