प्रदेश

सवारी दुर्घटना नगराउने ४० कुशल चालक सम्मानित



बुटवल, १४ चैत ।
सुरक्षित यात्रा नेपालले बुटवल उप–महानगरापलिकाको आर्थिक सहयोगमा ४० जना कुशल चालकलाई सम्मान गरेको छ । सोमबार बुटवल बसपार्कमा एक कार्यक्रमको आयोजना गरी १० देखि ४९ बर्ष सम्म निरन्तर सवारी चलाएर दुर्घटना नगरेका कुशल चालकहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको बसपार्क सुधारको काम नगरपालिकाले सुरुवात गरेको बताए ।उनले अहिले रहेको स्थानमा बसपार्क साँघुरो भएको कारण बुटवल १२ रामनगरमा रहेको सामुदायिक वनको जग्गामा वसपार्क निर्माण गर्ने गरी अन्तीम तयारी गरिएको समेत बताए ।
पछिल्लो समयमा बसपार्कमा केही सुधारका काम गरिएको भन्दै उनले अव निःशुल्क आधुनिक सौचालय समेत निर्माण गरिने, बसपार्कमा नै उत्कृष्ठ चमेनागृह निर्माण गरी सोहीस्थानबाट नै यात्रुहरुले अन्य सेवा पाउने गरी बनाउन लागिएको समेत बताएका थिए ।
यातायता व्यवसायीहरुले गर्ने व्यवहार, भाषागत शुद्धता आवश्यक रहेको भन्दै उनले अहिले व्यवसायीहरुले मावमैत्री व्यवहार नगरेको गुनासो धेरै आउने गरेकोसमेत बताएका थिए ।
बसपार्कबाट नै बसको टिकट काटेर चढ्ने वातावारण अहिले नभएको भन्दै यसमा धेरै सुधारको खाँचो रहेको र सोही अनुसार बसापर्कमा उच्च क्षमताका ठुला ठुला लाईट समेत जडान गर्ने अन्तीम तयारी गरिएकोसमेत बताउका थिए ।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायी चालकहरुले पनि सम्मानजनक व्यवहार नभएको भन्दै उनले यातायता व्यवसायलाई सम्मानित व्यवसाय बनाउन सबैले साझा पहल गर्नुपर्ने बताएका थिए । उनले दुर्घटना नगराउने, यातायताका नियम मान्ने चालकहरुलाई सरकारले नै सम्मान गर्ने वातावरण ल्याउनुपर्ने र यसमा आफुले पहल गर्ने समेत प्रतिवद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले भारतीय साधानहरुको सिमा नाकामा नै विमाको व्यवस्था गर्न आवश्यक रहेको भन्दै जसले गर्दा नेपाल भित्र आएपछि हुने दुर्घटना वा अन्य कारणबाट क्षतिपुर्तीको काम गर्न सहज हुने बताएका थिए ।
यस्तै उनले सार्वजनिक यातायाताका साधन चलाउने, नीजि साधन चलाउने वा अन्य साधान चलाउने चालकहरुको लागि छुट्टा छुट्टै व्यवस्था गर्न आवश्यक रहेको समेत बताएका थिए ।
कार्यक्रममा सुरक्षित यात्रा नेपालका प्रमुख सल्लाहकार अर्जुनरानाभाट, बुटवल उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख होम बहादुर एसी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दान बहादुर थापा, पश्चिम नेपाल वस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, अधिवक्ता महेन्द्र पाण्डे, संस्थाका अध्यक्ष कृष्ण बेल्बासे लगायतले दुर्घटना न्यूनीकरणका लागि विभिन्न निकायले निभाउनुपर्ने भूमिका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६