प्रदेश

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा चहलपहल, फस्टाउन थाले होटल व्यवसाय



देउखुरी, १४ चैत्र । लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भए लगतै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगतै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन ।


सबै कार्यालय संचालन आएलगतै सेवाग्राहीको आगमनले भिडभाड बढाएको हो । राजधानी अन्र्तगत १२ वटा जिल्लाका बासिन्दाहरु प्रदेशबाट प्राप्तगर्ने सेवा सुविधा लिन प्रदेश राजधानी देउखुरीमा आउनथालेका छन । सेवाग्राही बढेपछि उनिहरुसंगै गाडीहरुको समेत भिडभाड लाग्ने गरेको छ । राजधानीमा भएको चहलपहलसंगै यहाँका होटल व्यवसाय फस्टाउन थालेका छन ।

सबै मन्त्रालय र कार्यालयहरुमा भिडभाड लाग्ने गरेको देखिन्छ । राजधानी स्थानान्तरणसँगै सबै जसो सञ्चारआवद्ध मिडिया हाउस र प्रदेश स्तरीय संघ–संस्थाहरुले आफना सम्पर्क कार्यालय राजधानी आसपासमा संचालनमा ल्याएका छन । जसका कारणझनै भिडभाड देखिन थालेको हो । राजधानीमा चहल पहल आए लगतै यहाँका होटल ,व्यापार व्यवसायिहरु समेत उत्साहित बनेका छन ।


जता ततै आर्थिक मन्दीखेपीरहेका बेला देउखुरीका होटल व्यवसायीहरुमा भने राहतको अनुभुतिगर्दै थप आशा पलाएको बताउँछन । भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश वेल्वासे राजधानी स्थान्त्रणले होटल व्यवसायीहरुमा आशा जगाएको बताउँछन । ‘‘पहिले भन्दा धेरै चहल पहल भएको छ , त्यसमा पनि राजधानी आसपासमा बढी चहलपहल छ यद्यपी त्यहाँका होटलहरुको स्तरवृद्धी गर्न जरुरी देखिएको छ ’–उनले भने ।


राप्ती–३ मौरिघाट निवासी भरतराज न्यौपाने–‘‘भन्छन धेरै चहल पहल भएको छ । मौरिघाट भाडामा कोठा उपलब्ध गराउनै सकेका छैनौ , होटलहरुले राम्रो आम्दानी गरेका छन ।’
राजधानी संचालनले लमहीका होटल व्यवसायिहरु समेत उत्साहित बनेका छन । लमही स्थित सिद्धार्थ प्रालिका संचालक समितका सदस्य रवि आचार्यले आफूहरुमा राजधानीले नयाँ उत्साह जगाएको बताए ।

गत २०७७ असोज २० गते तत्कालिन मुख्य मन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाँउपालिका ३ मौरिघाटमा स्थायी राजानधी स्थानान्तरण गर्ने निर्णय गरेको थियो । निर्णय गरेको २ बर्ष २ महिनामा गत २०७९ मंसिरको दोस्रो साता तत्कालीन मुख्यमन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी मुकाम बुटवल देखि स्थायी राजधानी दाङ देउखुरीको मौरिघाटमा स्थानान्तरण गरेका थिए ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको औपचारिक रुपमा मंसिर २७ मंसिर बुधबारदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङबाटै औपचारिक रूपमा सबै काम सुरू भएको थियो । मुख्यमन्त्री कार्यालयमा झण्डोत्तोलन गरी विधिवत रूपमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यान्वयन भएको घोषणा भएको थियो ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६