देश

प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे मिटरब्याज पीडित



काठमाडौं, १४ चैत्र । मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। त्यसका लागि उनीहरु अहिले बालुवाटारको भाटभटेनी पुगेका छन्। प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरु सडकमा धर्नामा बसेका छन्। गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरु सडक पेटीमा बसेका थिए।

महोत्तरीको बर्दिबासबाट चैत २ गते हिडेका उनीहरु ११ दिनको पैदल यात्राबाट काठमाडौं आएका हुन्। हिजो खुलामञ्चमा मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो। पछि नेपाल प्रहरी पनि थप गरियो। अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन्। त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए। त्यसपछि उनीहरुले सडक पेटीमै रात बिताए।

साहुबाट मिटरब्याजमा पैसा लिएका उनीहरुले चर्को ब्याजका कारण आफहरुको सम्पत्ति साहुले बेचबिखन गरिसकेको र ऋण र धितो दुवैमा पैसा गुमाउनु परे गुनासो छ। मनपरी ब्याजले बढेको ऋणको बोझमा कतिपय महिलाले शारीरिक शोषणकोसमेत सिकार हुनुपरेको गुनासो गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितलाई भेटेर उनीहरुको मागको तत्काल सम्बोधन हुनपर्ने जनाएका छन्।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६