देश

देशभरका पालिकाका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु



काठमाण्डौ, १५ । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । आजदेखि काठमाण्डौमा देशभरका पालिकाका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले डिजटल एपको उद्घाटन गरी न्यायिक समितिको राष्ट्रिय सम्मेलनको शुभारम्भ गर्नुभयो । डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । पालिकाको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपता आउने, चुस्तता, न्याय सेवामा निष्पक्षता हुने विश्वास समेत गरिएको छ ।

कार्यक्रमको दोस्रो दिन भोलि विवाद निरुपण काठमाण्डौ घोषणापत्र जारी हुनेछ । सम्मेलनमा ४ वटा मुख्य कार्यपत्रमा प्रस्तुति हुनेछ । पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुनेछ । सम्मेलनको दोस्रो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति गर्नुहुनेछ ।

तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा हुनेछ । चौथो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रिया सम्बन्धी हुनेछ । सम्मेलनमा न्यायिक सञ्जाल गठन गर्ने कार्यक्रम पनि रहेको छ । न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने उपमेयर डंगोलले बताउनुभएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६