ब्रेकिंग न्युज

मन्दिरको छत भत्किँदा भारतमा १३ जनाको ज्यान गयो



तस्बिरः एजेन्सी
एजेन्सी, १६ चैत्र ।
भारतको मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको ज्यान गएको छ । रामनवमीको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत खस्दा १३ जनाको ज्यान गएको हो ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मन्दिरको छत भत्किँदा १० महिलासहित १३ जनाको ज्यान गएको बताउनुभयो । अहिलेसम्म १९ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

रामनवमी मनाउन मन्दिरमा मानिसहरू जम्मा भएका थिए, त्यही समयमा मन्दिरमा रहेको छाना खसेको थियो । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका आफन्तलाई पाँच लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६