हरि घिमिरे
कपिलवस्तु, २० चैत्र ।
कपिलवस्तुको बाणगंगामा युवा युवतिलाई आर्यआर्जनमा जोड्न केक तथा बेकरि तालिम दिईएको छ । बेरोजगार युवा÷युवती लक्षित गरि यस्तो तालिम दिईएको हो । युवा स्वरोजगार,व्यवसायी समृद्धि, पवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले निः शुल्क तालिम संचालन गरेको हो ।
तालिमको समापन गर्दै वाणंगगा नगरपालिकाका नगर प्रमुख चक्र पाणि अर्याले तालिमबाट सिकेको सिप व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै युवाहरुलाई स्वरोजगार बनाउन नगर सधैं प्रतिबद्ध रहेको बताउनु भयो । नगर प्रमुख अर्यालले वाणगंगा नगरमा अब ६ महिनामा कस्ले कति तालिम लियो भनेर पनि सङ्कलन गर्ने बताउनु भयो । यस्तै मेयर अर्यालले तालिम तालिमको लागि मात्रै नभएर सिकेको सिप व्यवसायीक र आर्यआर्जन तर्फ जोड्न दिन आग्रह गर्नु भयो ।
तालिममा केक, मफिन, दुनोट, बर्गर र पिजा लगायत बस्तुहरु कसरि बनाउने भनेर सिकाईएको थियो । फागुन २९ गतेबाट संचालित तालिम चैत्र १९ गते आईतवार समापन गरिएको हो ।
तालिम निकै प्रभावकारी रहेको र सिकेका सिपलाई आयआर्जन संग जोडेर आफु स्वरोजगार हुने तर्फ लाग्ने सहभागिहरुले बताएका छन् ।
तालिम होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना, वाणगंगा नगरपालिको आर्थिक सहयोग तथा प्राविधिक सहयोग सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. वाणगगा नगरपालिका १ को रहेको थियो ।
उक्त कार्यक्रममा सिनर्जि सहकारी संस्था लि. का व्यवस्थापक दिनामणी खनालले बोल्दै यस तालिमले युवाहरुमा स्वरोजगार बनाउन मद्दत पुग्ने बताउदै युवालाई व्यवसायीक हुन अनुरोध गर्नु भयो ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल को अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रोमलाल पौडेलले गर्नु भएको थियो । तालिममा २५ जाना महिला, पुरुष युवाहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया