देश

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने



काठमाण्डौ, २१ चैत्र । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण सम्पन्न गर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण शुरु गरेको रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र छ । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड रुपैयाँ ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर निर्माण रोकेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार अहिले हिसाब फरफारक गर्नका लागि सरकारले १२ करोड रुपैयाँ दिने छ । हिसाब भने भरतपुर महानगरपालिकाले फरफारक गरेर निर्माण कार्य अघि बढ्ने छ । सरकारको युवा तथा खेलकुद मन्त्रालयले निर्माण सम्पन्न गरेपछि रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ ।

तीन हजार दर्शक क्षमता भएको प्याराफिटका लागि २ सय ८६ वटा पिलर उठाउँदै चौरमा दुबो गाड्ने काम भइरहँदा निर्माण रोकिएको हो । हालै नेपालले आईसीसी विश्वकप लिग टूमा तेस्रो स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेपछि क्रिकेटका भौतिक संरचना निर्माणका लागि सरकारलाई दबाब परेको थियो ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६