प्रदेश

लुम्बिनी प्रदेशसका सासंदहरुले भने, ‘सरकार काम चलाऊ भयो निकास खोज्नुपर्छ’



दाङ, २१ चैत्र । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता राजकुमार चौधरीले प्रदेश सरकार काम चलाऊ सरकार भएकाले निकास खोज्नु पर्ने बताए । उनले सरकारले समयमा निकास दिएर प्रदेशको विकास, मिटर ब्याजको समस्या, स्वास्थ्य सेवा र संरचनाको अवस्थाका बारेमा गम्भीर हुनुपर्ने बताए । बैठकमा सांसद बैजनाथ कलवारले सरकारले विकासमा वास्ता नगरेको बताए ।

चालु आर्थिक वर्षको साढे ८ महिनामा २४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको भन्दै उनले अल्पमतको काम चलाऊ सरकारले प्रदेशको विकास लागि काम गर्न नसकेको टिप्पणी गरे । सरकारले बजेट खर्च गर्न नसक्दा बजेट खेर जाने सम्भावना भएको भन्दै अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।

बैठकमा चन्द्रकेश गुप्ता, मिना श्रेष्ठ, तारा थापा, निमा गिरी, भण्डारीलाल अहिर, सुधाकर पाण्डे, यमुना रोका तामाङ , जानकी न्यौपाने, यमबहादुर नेपालीलगायत सांसदहरुले धारणा राखेका थिए ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६