देश

रवि लामिछानेविरुद्धका उजुरी खारेज, उम्मेदवारी कायमै



काठमाण्डौ, २२ चैत्र । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटै उजुरी खारेज भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले लामिछानेविरुद्धका उजुरी खारेज गरेर उहाँको उम्मेदवारी कायमै राखेको हो ।

युवराज पौडेल सफलको निवेदनको हकमा स्पष्टीकरण माग गरिएको र बाँकी ३ वटा निवेदन उपर आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने कुनै कारण नदेखिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनुभयो ।

नेपाली नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा लामिछानेविरुद्ध उजुरी परेका थिए । तनहुँको क्षेत्र नम्बर १ र बाराको क्षेत्र नम्बर २ मा भने उम्मेदवारविरुद्ध उजुरी परेका थिएनन् ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६