कृषि

अर्घाखाँची सन्धिखर्कका किसानलाई कृषि औजार वितरण



सन्धिखर्क, २२ चैत्र । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक किसानलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ । कृषकको उत्पादन लागत घटाउन तथा कृषिलाई यान्त्रिकरण र प्रविधि युक्त बनाउन उक्त सामग्री वितरण गरिएको हो ।

व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई अनुदानमा विभिन्न सामग्री दिएपछि कृषक खुशी भएका छन् । गोरु पाल्ने कृषकको बाध्यता हटेको छ । कृषकको मागका आधारमा वडाको सिफारिस तथा व्यवसायिक कृषकको अनुगमन गरेर व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कम्वाइन मेसिन वितरण गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताएका छन् ।

कृषि पेशालाई आधुनिक र प्रविधियुक्त बनाएर थोरै लागतमा उत्पादन बढाउन तथा आम्दानी वृद्धि गर्न कृषकको मागका आधारमा सामग्री वितरण गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

यान्त्रिक उपकरण किसानको खेतबारीमा नपुगेसम्म वैज्ञानिक ढंगले कृषिक्षेत्रको विकास सम्भव हुन नसक्ने बताउँदै आफ्नो पालिका भित्रका व्यवसायिक कृषकलाई कृषिक्षेत्रमा प्रयोग हुने उपकरण नगरपालिकाले उपलब्ध गराउने बताए ।

उतपादन बिना आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने भएकाले व्यवसायिक कृषि पेशामा लागेर स्वरोजगार बन्न कृषकलाई आग्रह गरे । व्यवसायिक कृषिमा लागेका कृषकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कृषि पेशालाई प्रविधिमैत्री बनाउँदा कम समयमा उत्पादन बढी हुने र उत्पादन बढी भएपछि आम्दानी बढ्ने नगर उपप्रमुख मिश्रा आचार्यले बताइन् उनले एक हल गोरुले दिनभरमा जोत्ने खेतबारी हाते ट्याक्टरले एक घण्टामै सम्पन्न गर्ने बताइन्।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअन्तरगत व्यवसायिक कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा कृषकले २९ हजार ९ सय ५० रुपैयाँका हाते ट्याक्टर ,कुटानी पिसानी मिल र १९ हजार नौ सय रुपैयाँमा हाते ट्याक्टर प्राप्त गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६