कपिलवस्तु २२ चैत्र ।यशोधरा गाउँपालिकामा मिसन ग्रास रुट अभियानको तेस्रो चरण शुरु भए सँगै वडा स्तरका कमिटिहरु पुर्नगठनको अभियान अघि बढेको हो । जस अनुसार वडा नं ३ को आयोजित वृहत भेलाबाट राजकुमार गिरीको अध्यक्षतामा ३१ सदस्सीय वडा पाटी सक्रिय दल गठन भएको छ ।
जसको उपाध्यक्षमा जयसराम यादव , सचिवमा विजय प्रकाश श्रीवास्तव , उपसचिवमा कमलेश कलवार र किस्मती कोरी सर्वसम्मत रुपमा चयन हुनु भएके छ । सोहि भेलाबाट एमालेको जनवर्गिय संगठन अनेमसंघ समेत गठन गरिएको छ । प्रेमकली पासीको अध्यक्षतामा १३ सदस्सीय कमिटि बनेको हो ।
वसन्तपुर स्थित कृष्ण धार्मिक विद्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य भुमीश्वर ढकालले एमाले दक्षिण सिमादेखि उत्तर सिमासम्म सबै पालिकाहरुमा शसक्त बनेको दाबी गर्नु भयो । अबको चुनावमा एउटै दलले वहुमत ल्याउन सक्छ भनेर जनताले एमालेलाई नै भरोसा गरेको बताउनु भयो ।
सोहि भेलामा बोल्दै एमालेका युवा नेता भेषराज पाण्डेले बोल्दै यशोधरा गाउँपालिका एमालेको किल्ला बनिसकेको दाबी गर्नु भयो । भेलामा जिल्ला कमिटि सदस्य जिवनाथ कडेल , यशोधरा गाउँ कमिटिका अध्यक्ष हरम सरिफ मुसलवान लगायतले बोल्दे विकासमा पछि परेको यशोधरालाई माथि उठाउने दायित्व एमालेको भएको बताउनु भयो ।
प्रतिक्रिया