देश

बुटवलमा निर्माणाधीन लुम्बिनी केवलकार बैशाखदेखि सञ्चालनमा आउने



रुपन्देही, २३ चैत्र । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ ।

करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुने भएका छन् । वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पटपनि रहने भएको छ । केबलकारको एक डिब्बामा ८ जनाले चढ्न सकिनेछ ।

कम्पनीले ९ वटा टवारसहित केवलकार निर्माण गर्नेछ। केबलकारको शिलन्यास २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। जसमा कम्पनीले ३ अर्ब ५२ करोड लागत अनुमान गरेको छ।

केवलकार ३ किलोमिटर लम्बाइको हुनेछ। केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६