देश

सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला




रुकुम, २३ चैत्र ।
रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निस्केका एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।

स्थानीय ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनिहरु बुधवार साँझै सिस्नो टिप्न निस्केका थिए।

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले हत्या गरिएको अवस्थामा दुई बालिका फेला परेको बत्ताइन। उनले भनिन् ‘उनीहरुले लगाएको गरगहनाहरु लुटपाट पश्चात् हत्या गरिएको अनुमान गरिएको छ।’

हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए। सूचना पश्चात् रुकुम प्रहरी प्रमुख सहितको टोली घटना स्थलतर्फ लागेको छ। उपाध्यक्ष बुढाका अनुसार घटना भएको ठाउँमा पुग्न करिब एक दिन लाग्छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले यथार्थ विवरण नआएको बताए। ‘जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ। आज यहाँ फोनको नेटवर्कमा समस्या आएका कारण थप विवरण पाउन सकिएको छैन।’

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६