देश

पार्टी बलियो बनाउन लाग्छु मन्त्री बन्दीन्ः जनार्दन शर्मा



काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन्। शुक्रबार सुर्खेतमा पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव शर्माले पार्टी निर्माणमा लाग्ने भएकाले योपटक मन्त्री नहुने बताए।

‘मैले निर्वाचनका बेला नै यो कार्यकालमा आफू मन्त्री नहुने घोषणा गरिसकेको छु। त्यसकारण कार्यकर्तालाई भ्रम नहोस्– म मन्त्री हुँदिन, पार्टी निर्माणमा लाग्छु। बजारका हल्लाको पछि लाग्नु हुँदैन,’ उनले भने।

उनले माओवादीको पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताए। देश माओवादीकै एजेन्डामा चलिरहे पनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरता पूर्वक लिनुपर्ने बताउँदै शर्मा सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए।

‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो बाहेक माओवादीसँग अर्को विकल्प छैन ।’

शर्माले माओवादी कुनै सेल कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी हुनुपर्ने बताए । उनले थपे,‘कुनै पालिका कमिटी होइन माओवादी, पालिकाको उत्पादन कमिटी हुनुपर्छ भन्ने बुझाइलाई आत्मसात् गर्नुपर्ने छ ।’ वर्तमान अवस्थामा माओवादी र जनताबीच बेमेल रहेको माओवादीको निष्कर्ष छ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६