अर्थ-वाणिज्य

प्रचण्डको प्रस्ताव ओलीले अस्वीकार गरे : देउवाले टाउको हल्लाए




काठमाडौं २५ चैत । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउने सरकारको प्रस्तावलाई प्रतिपक्षी दलले अस्वीकार गरेको छ।सभामुख देवराज घिमिरेले शनिबार प्रमुख तीन दलका नेतालाई सदन सञ्जालन र समसमायिक विषयमा छलफल गर्न बोलाएका थिए। जसमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले फुल हाउसबाट टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले समितिमा पठाउनुपर्ने अडान लिएका थिए।ओलीलको भनाई सुनेका देउवाले टाउको हल्लाएर समर्थन जनाएको श्रोतले वतायो ।
उनेले सञ्चारकर्मीसँग टिआरसी विधेयकका विषयमा छलफल भएको स्वीकारे। टिआरसीका विषयमा पनि छलफल भएको हो। तर फास्ट ट्र्याकमा गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ। कुनै न कुनैरूपमा उक्त विधेयक समितिमा पठाउनुपर्छ, उनले भने। प्रधानमन्त्री प्रचण्डले आफूहरूले टिआरसी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानुपर्नेमा जोड दिएको बताए। ुहामी सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्र्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीको समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोजौं भन्ने छ,उनले भने।
उनले टिआरसीसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउन जरुरी रहेको बताए। त्यसका लागि आफूहरूबीच सैद्धान्तिक सहमति भए पनि टेक्निकल र लिगल पार्टो रहेको बताए। उनले चैत २८ गते संविधानविद् र कानुनविद्सँग बसेर समस्या समाधान गर्ने सहमति भएको बताए। यता कांग्रेस सभापति देउवाले आफूहरूबीच सकारात्मक छलफल भएको र सभामुख घिमिरेले नेताहरुको बीचमा सबै विषयमा सहमति खोज्ने प्रयास गरेको बताए। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा चैत्र २८ गते पुनः बैठक बस्ने नेताहरुले जनाएका छन्।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६