प्रदेश

देश र जनतालाई उत्पादनसँग जोड्नु पर्ने आवश्यकता छः शर्मा



बुटवल, २६ चैत्र । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकार जनताका समस्या समाधान गर्ने गरी काम अगाडि बढाइरहेको बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार जनताका समस्या प्रति जानकार रहेको भन्दै समाधान गर्न लागि रहेको बताएका हुन् ।

सबै राजनीतिक दलहरूले सार्वजनिक मुद्दाहरूमा सहमति गरेर संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्नुपर्ने पक्षमा माओवादी रहेको भन्दै वर्तमान सरकारसामु जनताका आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वबाट नपन्छिने पनि शर्माले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षाअनुसार विकास र समृद्धिका मुद्रालाई कार्यान्वयन गर्ने प्रतिबद्धता प्रकट गर्दै संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्ने बताए ।

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक सङ्कट राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामानभन्दा पनि अब सिङ्गो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि जानु पर्ने आवश्यकता रहेको उनले बताए । शर्माले देशमा उत्पादन सँगै जोडिने गरी काम गरेर आगामी दिनमा आउने यस्ता आर्थिक सङ्कटबाट टार्न सकिने जिकिर गरे ।

प्रकाशित : २६ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६