देश

संक्रमणकालीन न्यायको विषय सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा निरुपण हुनुपर्छः उपाध्यक्ष महरा



काठमाडौं, २७ चैत्र। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा निरुपण हुनुपर्ने बताए ।

‘संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्छ भन्ने हो । यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन । वृहत विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो’, उनले भने ।

माओवादीबाट एमालेमा गएका नेताहरु फर्किन सकारात्मक रहेको पनि महराले बताए । ‘केही साथीहरु एमालेमा हुनुहुन्छ माओवादी जनयुद्धका, उहाँहरुसँग कुरा गर्दा यस पटक आउँदैनौं तर हेर्दै जाउँ भन्नुभएको छ, उहाँहरु पनि पोजेटिभ हुनुहुन्छ’ उपाध्यक्ष महराले भने ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६