ब्रेकिंग न्युज

निजि विद्यालयहरुको गुणस्तर अब्बल : आचार्य

निजि विद्यालयलाई सौतेलो व्यवहार नगर्न गैरेको आग्रह



कपिलवस्तु २७ चैत्र,


हथौसा लिटल स्टार बोडिङ स्कुल कपिलवस्तुको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सोमवार एक सभ्य समारोहका विच गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले निजि विद्यालयहरुको गुणस्तर अब्बल बन्दै गएको बताउनु भयो । लिटल स्टारले शिक्षाको गुणस्तरमा फड्को मारेको बताउदै आगामी दिनमा अझै राम्रो गर्न सुझाव दिनु भयो । निजी विद्यालयहरुले शैक्षिक गुणस्तर सँगै व्यवहारिक र नैतिक शिक्षालाई पनि जोड दिनु पर्ने बताउनु भयो । राम्रो गर्ने विद्यालयलाई सहयोग र पुरस्कृत पनि गर्दै लैजाने उहाँले जनाउनु भयो ।


कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले विद्यालयको शैक्षिक प्रगतिप्रति खुशी व्यक्त गर्नु भयो । निजि विद्यालयहरुमा शिक्षाको गुणस्तर उत्कृष्ट रहेको भन्दै वालवालिकाको सिकाई अझै प्रभावकारी बनाउन आग्रह गर्नु भयो । प्याब्सनका केन्द्रीय सदस्य शिव गैरेले निजी विद्यालयको गुणस्तर अत्यन्तै राम्रो भएको भन्दै सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार नगर्न आग्रह गर्नु भयो ।

विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यालयले विज्ञान , प्रविधिमैत्री , शिक्षण पद्धती अबलम्बन गर्ने बताउनु भयो । विद्यालयले वालवालिकालाई विश्वव्यापी प्रतिष्प्रर्धी बनाउन आइएसए /एसक्युटिसी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै वर्तमान समय सान्दर्भिक कार्यक्रमहरु गर्ने प्राचार्य पाण्डेले बताउनु भयो । विद्यालयले शिक्षण सिकाई प्रभावकारी र वालवालिकालाई संस्कारी , नैतिकवान बनाउन प्रयत्न गर्ने बताउनु भयो ।


कार्यक्रममा कक्षामा विभिन्न स्थान हासिल गर्ने , वर्ष विद्यार्थी , अनुशासित विद्यार्थी , अन्त्यन्त क्रियाशिल विद्यार्थीहरुलाई विभिन्न तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई मेडल सहित पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज भुषालको अध्यक्षता , सहायक प्रअ रमेश भट्राईको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय वुद्ध दर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , व्यवस्थापन समितिका सदस्य डिल्लीराम भट्राई , प्याब्सनका जिल्ला सचिव नविन शर्मा , अविभावक गिता तिमिल्सिना लगायतले शुभकामना दिदै विद्यालयको थप प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रममा विभिन्न समुदायका भाषा संस्कृति झल्कने गरि सन्देशमुलक नृत्य प्रस्तुत गरिएको थियो। २०५९ सालमा स्थापना भएको विद्यालयमा एक हजार बढि विद्यार्थी अध्ययनरत रहेका छन ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६