कृषि

कृषि औजार र सिप पाए पछि एकल कृषक महिला खुशी

सिप सिकि व्यसायिक बन्न प्रमुख अधिकृत भुषालको सुझाव



कपिलवस्तु २६ चैत्र।

एकल कृषक महिलालाहरुको ३ दिने बेमौसमी तालिम सकिएको छ । मानवअधिकारका लागि एकल महिला समुह कपिवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा भएको तालिम आइतवार सकिएको हो । तालिमको समापन गर्दै वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले एकल महिला आत्मनिर्भर हुदा हिंसा कम हुने बताउनु भएको छ । कृषक एकल महिलाहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि बढ्नु पर्ने समेत उहाँले जनाउनु भयो । एकल महिलाका समस्या पहिचान गरि आवश्यकता अनुसारका सिप नगरले प्रदान गर्दै आइरहेको छ । राज्यको मुल प्रवाहमा आउन नसकेका विभिन्न समुदायका महिलालाई सक्षम बनाउने लक्ष्य नगरको रहेको प्रमुख प्रशासकिय अधिकृत भुषालले स्पष्ट पार्नु भयो ।

एकल कृषक महिलाहरु मेहनत , हिम्मत र उत्साहका साथ तरकारी खेतीमा व्यवसायिक बन्न समेत उहाँले आग्रह गर्नु भयो ।
महिलाहरुको क्षमता अभिवृद्धि र सिपका लागि सदैव नगरले सहयोग गर्ने समेत उहाँले जनाउनु भयो । कार्यक्रममा नगरका कृषि विकास शाखाका प्रमुख लेस वहादुर केसीले ३ दिन सम्म भएको तालिमलाई व्यवहारमा उतार्न कृषक एकल महिलाहरुलाई आग्रह गर्नु भयो ।

समुहका अध्यक्ष रुपा राईको अध्यक्षता , सचिव शोभा आचार्यको सञ्चालनमा भएको तालिम समारोहमा कृषि विकास शाखा अधिकृत धनिराम आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज पार्वती पाण्डे , सिद्धार्थ वचत तथा ऋण सहकारीका अध्यक्ष इन्दीरा भट्राई , अधिकारकर्मी टिका कुमारी अधिकारी , राधा बेल्बासे, रुपा पालुंगे मगर लगायतले तरकारी खेतीमा एकल महिला किसान व्यसायिक बन्नु पर्नेमा जोड दिनु भएको थियो ।

नगरका ११ वटै वडाका ४० जना एकल किसान महिला सहभागी रहेको तालिमको कृषि विकास शाखा प्रमुख लेस वहादुर केशी , शाखा अधिकृत धनिराम आचार्य , सन्तोष भुषालले सहजिकरण गर्नु भएको थियो ।तालिम पश्चात महिलाहरुलाई कृषि सामाग्री र बेमौसमी तरकारी खेतीका लागि विउपल प्रदान गरिएको थियो । तरकारी खेतीको जानकारी र सामाग्री पाउदा एकल कृषक महिलाहरु खुशी भएका थिए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६