देश

नेपालमा पुनः कोभिडः एक जनाको मृत्यु, एकैदिन थपिए १०६ संक्रमित



काठमाडौं, २८ चैत्र । नेपालमा पुनः कोभिड संक्रमणबाट मानिसको मृत्यु हुन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार लामो समयपछि मंगलबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालमा कोभिड संक्रमण पुन उकालो लागे सँगै आइसियु तथा भेन्टिलेटरमा उपचार गर्नु पर्ने संक्रमित बढ्न थालेका छन।

मन्त्रालयको विवरण अनुसार हाल देशभर १८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। जसमा १३ जना आइसियु र ५ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार १ सय ६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यो संगै हाल नेपालमा ४६९ जना सक्रिय संक्रमित पुगेका छन्।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६