पर्यटन

होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर नगर समिति गठन




हरि घिमिरे
कपिलवस्तु, ३० चैत्र ।
होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु कृष्णनगर नगर समिती गठन भएको छ । संघ कपिलवस्तुको नगर स्तरिय व्यवसायीक भेलाबाट कृष्णनगर नगर समिती गठन गरिएको हो । मंगलवार कृष्णनगरमा भएको भेलाले ९ सदस्य कार्यसमिति चयन गरेको छ । जासको अध्यक्षमा शिव घिमिरे, उपाध्यक्षमा कमल जि.सि, सचिबमा घनश्याम पोख्रेल र कोषाध्यक्षमा अनन्त घिमिरे चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नेत्र प्र. बेल्बासे, माधव जि.सि, जेदुराम घिमिरे, राधिका पाण्डे र बाबुराम भण्डारी चयन भएको होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले जनाएको छ । “व्यवसायीक समृद्धि ,पर्यटन प्रबर्द्धन युवा स्वरोजगार हाम्रो अभियान ।” भन्ने नारका साथ संघले विभिन्न क्रियाकलापहरु गर्दौ आएको छ ।


यस्तै नव गठित समितिले तिन सदस्य रहेको सल्लाहाकार समिति चयन गरेको छ । जस्को सल्लाहकार संयोजकमा रबिन्द्र गुप्ता तथा सदस्य हरुमा बिरेन्द्र कुवर र लक्ष्मण भुसाल रहनु भएको छ । नव गठित समितिलाई संघका जिल्ला अध्यक्ष रविन्द्र पौडेलले सपथ गराउनु भएको थियो ।


नगर स्तरिय व्यवसायीक भेलामा होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल, बरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटा, महासचिव रोमलाल पौडेल, पर्यटन उपाध्यक्ष यादव चुदाँलि, कोषध्यक्ष सरोजमणि पौडेल लगाएतका पदाधिकारीको उपस्थिती रहेको थियो ।

प्रकाशित : ३० चैत्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६