प्रदेश

पाल्पामा ट्वाइलेट भित्रै एक जना मृत फेला



पाल्पा, ०२ वैशाख । पाल्पाको तिनाउ गाउँपालिका–१ कचल फूलबारी टोलमा एक पुरुष ट्वाइलेट भित्रै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तिनाउ–२ हरियाली गाउँ भई विगत एक वर्षदेखि ससुराली घरमा बस्दै आएका ४५ वर्षीय डम्बर बहादुर खत्री ट्वाइलेटभित्र मृत अवस्थामा फेला परेको हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लामो समयसम्म पनि बाहिर नआएपछि शङ्का लागेर ढोकाको चुकुल फोरेर हेर्दा खत्री मृत अवस्थामा फेला परेका थिए ।

उनी ट्वाइलेटमा पानी राखिएको ड्रममा टाउको डुबेको अवस्थामा लडिरहेको भेटिएको थिए। जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान सुरु भएको बताएका छन्।

प्रकाशित : २ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६