प्रदेश

ट्रकको ठक्करबाट दाङमा दुइ जनाको मृत्यु



दाङ, ०४ वैशाख ।

दाङमा ट्रकको ठक्करबाट दुइ जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका –११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए । मृतक दुबैको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ट्रक चालक नवलपरासी ३ पिपराका धु्रवकुमार यादवलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६