देश

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो



काठमाण्डौ, ०६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएअरको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेलको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि हिजो बेलुका त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

यस अघि पनि स्वास्थ्यमा समस्या देखिएपछि गएको चैत १८ गते अस्पताल भर्ना भएका उहाँ चैत २२ गते डिस्चार्ज हुनु भएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई हिजो अस्पताल लगिएको थियो । रासस

प्रकाशित : ६ बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६