अर्घाखाँची, ०६ वैशाख । अर्घाखाँचीमा जंगलमा लागेको आगो बस्तीमा पसेपछि २ घर १ गोठ जलेका छन् । जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडीका २ घर १ गोठ जलेका हुन् । सोमबार देखि जंगलमा लागेको आगो बस्ती पसेको थियो ।
खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिकको घर तथा गोठ जलेर आंशिक तथ पुर्ण क्षति भएको छ । बस्ती पसेको आगो पालि प्रहरी, स्थानीयहरूको सहयोगमा निभाइ क्षतिको पुर्ण बिवरण संकलन कार्य भइरहेको छ ।जिल्लाका अधिकांस भेगमा आगलागी भइरहेको छ ।
प्रतिक्रिया