सुर्खेत, ०७ वैशाख। भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लु स्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।
अन्य चार जना गम्भिर घाइते भइ उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पुर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन । मृतक र घाइतेहरु सबै पुलमा काम गर्ने मजदुरहरु रहेका छन् । जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने उक्त पुल भेरी करिडोरले बनाइरहेको थियो ।
प्रतिक्रिया