प्रदेश

लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको महासंघद्धारा विरोध



कपिलवस्तु, ०७ वैशाख । लुम्बिनी प्रदेश सरकारले सञ्चार प्रतिष्ठान गठनको प्रक्रिया अगाडि बढाएको प्रति विरोध भएको छ ।सरकारले नियमावली निर्माण नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले विरोध जनाएको हो । महासंघले सरोकारवाल पक्षसँग छलफल नगरी सञ्चार प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएको बताएको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चार विधेयकमा कतिपय विषयहरू बाझिएको, संवाद र छलफल नगरी अगाडि बढाइएको तथा नियुक्ति प्रक्रिया अगाडि बढाउने कार्य रोक्न माग गरेको छ ।

प्रदेश महासचिव विक्रम खड्काले जारी गरेको विज्ञप्तिमा परिषद् सम्बन्धी नियमावली सम्बन्धी आवश्यक कदम चाल्न मार्ग गर्दै हतार प्रतिष्ठान गठन गरे विरोधका कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

यस्तै सरकारले प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएकोमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले पनि विरोध जनाएको छ । प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले विज्ञप्ति जारी गर्दै नियमावली नै नबनाई हतारमा प्रतिष्ठान गठन गर्ने प्रक्रिया अगाडि बढाउने कार्य प्रेस युनियनले स्वीकार्य नगर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६