प्रदेश

पाल्पामा बसले ठक्कर दिँदा १ जनाको मृत्यु



पाल्पा, ०८ वैशाख । पाल्पामा आज (शुक्रवार) दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पाल्पा–बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका ३ को फुलगैरामा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बगनासकाली गाउँपालिका ६ यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ४८४७ नम्बरको बसले त्यही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६