ब्रेकिंग न्युज

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको तेस्रो अधिवेशन बुटवलमा हुने



बुटवल, ०९ वैशाख । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशन बुटवलमा हुने भएको छ । यही वैशाख १६ र १७ गते हुने अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष नारायण खनाल ‘लेकाली’ले जानकारी दिए ।

बुटवलको अन्तर्राष्ट्रिय सभागृहमा उद्घाटन सत्र तथा नयाँगाउँको मुक्तिनाथ धाममा बन्दसत्र हुने अधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनमा विभिन्न ठाउँका मौतिक भजन तथा चुड्का लगायतका प्रस्तुती समेत रहने लेकालीले बताए । महाधिवेशनको पहिलो दिन बुटवलको सिद्देश्वरी प्राङ्गणबाट विभिन्न सांस्कृतिक झाँकीहरुसहित कार्यक्रम स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म र्यालीको आयोजना गरिएको छ ।

मौतिक संस्कृति तथा भजन, चुड्काको संरक्षण तथा पुस्तान्तरणका लागि २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले देशका सबै जिल्लाहरुमा शाखा विस्तारलाई समेत तिब्रता दिएको संस्थापक अध्यक्ष प्रजापति पराजुलीले बताए । २०५० सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्माण गरेका पराजुलीले फरक तथा धार्मिक र सास्कृतिक गीत संगीतको संरक्षणका लागि भजन चुड्का प्रतिष्ठानको स्थापना गरेका हुन् । यस प्रतिष्ठानमा हाल ५१६ जना आजीवन सदस्य रहेको पराजुली बताउँछन् ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६