प्रदेश

नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुमा नयाँ नेतृत्व

'कम्युनिष्टहरुको समस्या समाधान गर्न महाअभियान शुरु गर्नुपर्छ'





हरि घिमिरे
कपिलवस्तु, ०९ वैशाख ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गरेको हो । शनिवार बुद्धभूमीको गोरुसिंगेमा भएको अधिवेशनले ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको अध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा हरिशरण गौतम र विर बहादुर जि.सी., सचिवमा अर्जुन ओलि, कोषाध्यक्षमा ओम प्रकाश विक, सह–सचिवमा सुवास चन्द्र खनाल चयन भएका छन् । त्यस्तै सदस्य हरुमा मोति बहादुर के.सि., सञ्जय कुवंर, जयराज परियार चयन भएका हुन । नयाँ नेतृत्वले पार्टीलाई थप बलियो र प्रभावशालि बनाउने प्रतिवद्धता जनाएका छन् ।


सो कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि एंव नेकपा (माओवादी केन्द्र) का केन्दीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्र्चाज कमल चुदालिले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष पूरा भएको स्मरण गराए । उनले कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्ष र नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले दोस्रो पटक बनेको नयाँ नेतृत्व लाई शुभकामना व्यक्त गर्दै भने “समाजवादको आधार निर्माणको जिम्मा नेपाल राष्ट्रिय कर्मचारी महासंघमा जान्छ ।” त्यसैले ‘मनमा पाप पैदा नगरि कुशलता पुर्वक कार्य सम्पन्न गर्नु जरुरी छ’ उनले भने । चुदालीले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समाजवादोन्मुख नयाँ संविधानको सफल कार्यान्वयनका लागि सबै दत्त चित्त भएर लाग्नु पर्नेमा जोड दिए ।

उनले ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको बताए । राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेको चुदालीले बताए । तत्कालिन अवस्थामा महासचिवमा पुष्पलाल श्रेष्ठ रहेको चुदालिको भनाई छ । २०१५ सालमा भएको पहिलो आम चुनावमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिस्ट पार्टी औपचारिक विभाजन भएको स्मरण समेत उनले गराए ।


यस्तै नेकपा माओवादि केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य रुद्र बञ्जाडेले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ वर्षको शुभकामना दिदै कम्युनिस्ट आन्दोलन सफल पार्नका लागि देशमा विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक असतभ्यासको आवश्यकता रहेको बताए ।


यस्तै नेकपा माओवादि केन्द्र कपिलवस्तुका संयोजक विष्णु बेल्वासेले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७४औँ बर्ष सम्म आईपुग्दा नेपालका कम्युनिस्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएको बताए । उनले शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिस्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको समेत जिकीर गरे । संयोजक बेल्वासेले वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो कम्युनिष्ट पार्टीहरुको अहिलेको प्रमुख समस्या भनेको वैचारिक सांस्कृतिक समस्या हो । विचार धारात्मक सांस्कृतिक समस्या हो । यो वैचारिक सांस्कृतिक संकटलाई समाधान गर्न अथवा वैचारिक सांस्कृतिक समस्यालाई समाधान गर्नको निम्ति हामीले ठूलो वैचारिक सांस्कृतिक रुपान्तरण महाअभियान शुरु गर्नुपर्छ ।’

उनले हरेक पार्टीले आफूभित्र र सिंगो नेपाली कम्युनिष्ट आन्दोलन भित्र ठूलो वैचारिक सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरेर मात्रै तात्कालिक रुपमा समृद्धिको लक्ष्य र रणनीतिक रुपमा समाजवादको लक्ष्य पूरा हुने उनले बताए । उनले नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै भने ‘म जस्तो सुकै परिस्थीतिमा पनि संगठनहरुको साथमा हुनेछु ।’

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६