देश

उपनिर्वाचन तनहुँः स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि



तनहुँ, ११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् । आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६