प्रदेश

गुल्मीमा जिप दुर्घटना, सहचालकको मृत्यु



बुटवल, १४ बैसाख । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छ्न बुधबार राति पौने १० बजेको समयमा जिल्लाको मालिका गाउँपालिका २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बाग्लुङको बडिगाड गाउँपालिका बलघासका १८ बर्षिय किशोर केसीको मृत्यु भएको हो ।

उनी त्यस जिपका सहचालक भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । दुर्घटनामा जिप चालक २१ बर्षिय प्रेम बहादुर केसीको ढाडमा चोट लागेको र अबस्था सामान्य रहेको छ ।

दर्लिङ्गबाट भिमगिठे तर्फ जादै गरेको जिप एक्कासी ब्रेक फेल भै सडक देखि करिव १५० मिटर तल खसेको थियो ।
जिपमा अरु सबार भए नभएको प्रहरीले खुलाएको छैन ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६