देश

सांसद कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पठाए पत्र



काठमाडौं, १४ वैशाख । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन् । उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन । सुधार भएपछि उपस्थित हुन्छु ।’

महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् । उनी निर्वाचित भएपछि शपथ लिन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए ।

त्यसपछिका धेरै बैठकमा भने उनी उपस्थित भएका छैनन् । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महतोलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी थिइन् । संसद सचिवालय स्रोतका अनुसार कोइरीको तलब भने गएको छैन ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६