काठमाडौं १४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुस सहित नियन्त्रणमा लिएको छ ।अख्तियारले विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार घुस सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारको दाबी छ ।अख्तियारले उनीहरुको कार्यकक्षबाट थप ३७ हजार ५३५ रुपैयाँ समेत बरामद गरेको छ ।
१४ बैशाख २०८०, बिहिबार








प्रतिक्रिया