प्रदेश

बाणगंगामा ‘रिर्चाज पोखरी’ निर्माण




कपिलवस्तु, १६ वैशाख । कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरू जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि कपिलवस्तुको बाणगंगा ९ मा अहिले पानीको पुनर्भरण गर्न रिचार्ज पोखरी निर्माण गरिएको छ ।

राष्ट्रपति चुरे तराई– मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल मार्फत बाणगंगाको वडा नम्बर ९ भर्लाबासमा अहिले ति पोखरी बनाएर पनि भरिएको हो ।

नजिकै रहेको मुसियान खोलाबाट नहरको माध्यमबाट ति पोखरीमा पानी भरिएको स्थानीय तथा खुतखुते सामुदायिक वनका अधयक्ष भिमबहादुर पुनले बताउनुभयो । नदिको पानी पोखरीमा जम्मा गर्ने र अवश्यक परेका बेला सिँचाई तथा अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिने उहाँको भनाई छ ।

यस प्रयोजनका लागि यहाँका कतिपय स्थानमा पोखरी निर्माण सम्पन्न भई पानी भरिएको छ भने कतिपय स्थानमा थप त्यस्ता पोखरी निर्माणका लागि प्रक्रिया थालिएको पनि जनाइएको छ ।

पर्यापर्यटन क्षेत्र प्रवर्दन भर्लाबास पोखरी निर्माण नाम दिएर काम सम्पन्न भएको पोखरी आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको थियो । बिचका केही वर्ष बजेट अभाव भएपछि रोकिएको काम गत आर्थिक वर्षमा सम्पन्न भएपछि अहिले उक्त पोखरीमा पानि भरिएको पुनले जानकारी दिनुभयो ।

राष्ट्रपति चुरे तराई– मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलको १४ लाख ९९ सय हजार ७ सय १ रुपैँया ९३ पैसा र उपभोक्ता समुहको ३ लाख ७४ हजार २ सय ६३ रुपैँया ३९ पैसा गरी कुल १८ लाख ७३ हजार ९ सय ५६ रुपैँया ३२ पैसाको लागतमा ७० गुणा ३५ को उक्त रिर्चाज पोखरी निर्माण गरिएको हो ।

यस्तै सोही स्थानमा अर्को पोखरी समेत बनाइएको छ । उक्त पोखरी पनि निर्माण सम्पन्न भएको छ । पोखरी निर्माण पछि खोलाको पानी नहरको माध्यबाट रिर्चाज पोखरीमा भण्डारण गरिएको छ । पशु चौपाय तथा सिँचाईका लागि उक्त पानी प्रयोग गरिने छ भने पानीको मुहान फर्काउन पनि यसले सहयोग पुग्ने विश्वास छग्ने विश्वास छ ।

जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जाने तथा खडेरी पर्नेजस्ता वातावरणीय समस्या देखिँदै आएको र पानीलाई केही समय रोकेर राख्दा जमिनमुनि पानीको भण्डार बढ्ने र पानीको स्रोत संरक्षण हुने भएकाले पानीका मूल फुट्न सक्ने समेत विश्वास छ ।

वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै वास्तवमा पर्यापर्यटन हो। वातावरण संरक्षण तथा आर्थिक–सामाजिक विकासको क्षेत्रमा पर्यटनको महत्त्वलाई आत्मसात गर्दै विश्वमा सन् १९८० को दशकदेखि पर्यापर्यटनको अवधारणा लोकप्रिय बनेको हो। पछिल्लो समय पर्यापर्यटनलाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्त्वपूर्ण मानिँदैछ।

प्रकाशित : १६ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६