प्रदेश

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा ३ दर्जन बढी महिला चालकलाई सम्मान



बुटवल, १७ वैशाख ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ई–रिक्सा तथा टेम्पो महिला चालकहरुलाई सम्मान गरेको छ । आइतबार कार्यालय परिसरमा करिब ३ दर्जन बढी महिला चालकहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले ई–रिक्सा, टेम्पोका महिला चालकहरुको खोजी गर्ने र सम्मानको शुरुवात गरेको बताए । आगामी दिनमा श्रम गरेर जीविका चलाउँदै आएका महिलाहरुको नाममा रहेको ई–रिक्सा र चालकलाई करमा छुट दिनुका साथै बिमा गरिदिने प्रतिवद्घता उनले जनाए । यसैगरी ई–रिक्सा चालकहरुलाई मागलाई मध्यनजर गरी कार चालकको तालिमलाई प्राथमिकता दिने उनले बताए । ‘समानता, स्वाभिमान र अवसर–बस्न योग्य बुटवल शहर’ नारा बोकेको बुटवल उपमहानगरले पर्यटकीय कार चालकको अवधारणा अगाडि बढाएको भन्दै उनले यसमा महिला चालकहरुलाई प्राथमिकतामा राख्ने बताए ।

यहाँ रहेका ईरिक्साहरुको दर्ता प्रक्रियामा ल्याउन, अनुशासन कायम गर्न र महिला सशक्तिकरणमा समेत मद्दत मिल्ने गरी कार्यक्रम चलाएको उनले बताए । स्वरोजगार पेशा अपनाएका महिला चालकहरुलाई थप प्रोत्साहन गर्ने रुपमा कार्यक्रम गरिन लागेको उनले दाबी गरे । बुटवल इर्–रिक्सा स्वरोजगार गराउन चाहेको भन्दै ईरिक्साको नाममा ब्यवसाय गर्नेहरुको पक्षमा आफु नरहेको उनले बताए । स्थानीय सरकार ईरिक्सा स्वरोजगार ब्यवसायलाई साथ दिने उनले बताए । ईरिक्साका नाममा भष्ट्राचार, दलाली र बदमासी गर्नेलाई सहयोग नगर्ने उनले बताए ।

कार्यक्रममा अटो चालक मिना नेपालीले महिलाप्रति समुदायको दृष्टिकोण परिवर्तन ल्याउन जरुरी रहेको बताईन् । जिविकाकै लागि घरबाहिर हिंड्ने आफुहरुजस्ता एकल महिलाप्रति नकारात्मक सोचका कारण हिसा भोग्नुपरेको उनले दुखेसो गरिन् । ‘सामान्य दुर्घटनामा पनि महिला चालकप्रति दोष लगाईन्छ’–उनले भनिन् । नियम पालना गरिरहँदा पनि गलत बनाउने काम हुने उनले दुखेसो गरिन् । कारको लाईसेन्स निकालेकी उनी भविष्यमा कार चालकका रुपमा सेवा दिने चाहना रहेको बताईन् । करिब ६ वर्षदेखि अटो चलाउँदै आएकी उनी महिलाहरुलाई भेला गराएर सम्मान पाउँदा धेरै खुीश लागेको बताउँछिन् ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले सबैलाई कानुन समान रहेको बताए । स्थानीय पालिकाबाट दिईएको रुटमा मात्र इरिक्सा संचालन गर्ने नियम लागु गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकामा पार्किङ, सवारीको ब्यवस्थापन, छाडा चौपाया जस्ता ट्राफिकका चुनौती रहेको भन्दै उनले यसका लागि आवश्यक दीर्घकालिन योजना अघि बढाउन जरुरी रहेको बताए । हाल एक दिनमा ४० सचेतना कार्यक्रम, ८ सय बढी भारवाहकलाई कारवाही र दैनिक ७ लाख रुपैयाँ भन्दा बढी जरिवाना उठ्ने गरेको उनले बताए । यहाँ हुने अधिकांश दुर्घटनाको कारण तीव्र गति र मापसे नै देखिएको उनले बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तथा रिक्सा ब्यवस्थापन समितिका सदस्य समुन्द्र जिसीले स्थानीय पालिकाबाट गरिएको सम्मान कार्यक्रमबाट महिला चालकमा हौसला बढेको बताए । ईरिक्साको ब्यवस्थापन अहिलेको बुटवलको आवश्यकता भएको भन्दै सरोकारवालाहरुले काम बढाउनुपर्ने सुझाव दिए । उपभोक्ताको हितको बिषयमा खेलवाड गर्न नहुने भन्दै उनले आवश्यक काम छिटोभन्दा छिटो सक्न जरुरी रहेको उनले बताए । बुटवल नगरपालिकालाई सुन्दर, स्वच्छ पालिका बनाउने कामको थालनी गरेको बताए ।

कार्यक्रममा ईरिक्सा ब्यवसायी प्रकाश खनालले देशभरमा यातायातको एउटै नियम भएपनि बुटवलका सबै सडकमा रोक लगाउँदा समस्यामा परेको बताए ।

प्रकाशित : १७ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६