प्रदेश

रुकुम पूर्वमा अफिम खेती नष्ट गर्न थालियो



रुकुम, १८ बैशाख । रुकुम पूर्वमा अवैध लागु औषध (अफिम) खेतीलाई नष्ट गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार पछिल्लो पटक जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–५ को हुकाम क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरिएको छ । त्यस क्षेत्रको झण्डै २ सय १० रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

जिल्लामा अन्य क्षेत्रमा पनि अफिम खेती गरिएको भन्ने सूचना प्राप्त भएकाले नष्ट गर्ने प्रहरी निरीक्षक खत्रीले बताउनुभएको छ ।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६