देश

सरकार पाँच वर्ष यताउता हुँदैनः प्रधानमन्त्री प्रचण्ड



चितवन, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँच वर्षसम्म चल्ने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले सरकार ढल्छ भन्नु भ्रम मात्र भएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।’ साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारमा आउने दाबी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । यो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’ स्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको भन्दै उहाँले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताउनुभयो ।

सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको मागप्रति सरकार सकारात्मक रहेको पनि बताउनु भएको छ । उहाँले आफूसँग सल्लाह गरेर नै पुन माइतीघरमण्डलामा धर्नामा बसेको पनि बताउनुभयो । धर्ना बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उहाँले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘भेटमा मैले बजेटमा तपाईँको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनेँ । हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी । यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उहाँले बताउनुभयो । रासस

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६