काठमाण्डौ, २० वैशाख । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी गरेको हो । यस्तै एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
यसै घटनामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले आजै पक्राउ गरेको छ । पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई अस्ति सोमवार समातिएका छन् ।
प्रतिक्रिया