प्रदेश

अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा ढुंगाले लागेर एक महिलाको मृत्यु



अर्घाखाँची, २० वैशाख। अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।

मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षिय कल्पना थापाको ढुङ्गाले लागेर मृत्यु भएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए ।

उनले मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिईन् । पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६