वाणगंगा , २० वैशाख ।वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुका लागि स्वरोजगार श्रृजनामा सहयोग पुर्याउने उद्देश्यीयले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु पब्लिस एण्ड कन्सल्ट फर्म को आयोजना र बाणगंगा नगरपालिका नगरपालिका वडा नं। ८ को आर्थिक सहकार्यमा बाणगंगा नगरपालिका वडा नं। ८ मा बसोबास गर्ने वैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुका लागि स्वरोजगार श्रृजनामा सहयोग पुर्याउने उद्देश्यीयले उक्त अभिमुखीकरण कार्यक्रम भएको थियो ।
वडा न ८ का वडा सदस्य शैलेन्द्र बेल्वासे र वडा सदस्य जानुदेवी थारुको आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
अभिमुखीकरण तालिममा वडाका १० वटा टोलहरुबाट सहभागीमाता रहेको वडा सदस्य शैलेन्द्र बेल्वासेले जानकारी दिनु भयो उहाँले आफुले जानेको सिपलाई आफनै देशमा सदुपयोग गर्ने बताउदै यस्ता कार्यक्रमहरुलाइ वडाले सधै सहयोग गर्ने त्यस्तै यस्ता प्रशिक्षणबाट केहि भिजन लिएर अगाडी बढ्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने व्यक्ति तथा तिनका परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता, विप्रेषण र विप्रेषणको उत्पादनमूलक क्षेत्रमा लगानीको लागि भएका प्रयास तथा व्यवस्थाहरु, बित्तीय लक्ष निर्धारण र पारिवारिक बजेट, सफल उद्धमीकालागि व्यवसायिक अवसरको पहिचान र छनौट, बजार र बजारीकरण, व्यवसायिक योजना आदि विषयहरुमा अभिमुखीकरण प्रशिक्षण सम्पन्न गरियो ।
वैदेशिक रोजगारीमा जाने क्रममा प्रस्थान विन्दुदेखि गन्तव्य मुलकमा रहंदा बस्दासम्म ठगी एवं शोषणको सिकार बन्नु परेको विषयमा उठेका जिज्ञासा तथा गुनासाहरुको विषयमा कार्यक्रमका प्रशिक्षण दिनामणी खनालले सम्बोधन भई वैदेशिक रोजगारीमा जानु पूर्व ध्यानु दिनुपर्ने विषयमा थप प्रष्ट पार्ने काम भयो ।
प्रतिक्रिया