प्रदेश

तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, दुई घाइते



दाङ, २१ वैशाख । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हो ।

तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आउनु भएको थियो । यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन् ।

पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हो । घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६