ब्रेकिंग न्युज

कोरिया जाँदा तोकिएभन्दा बढी भाडा लिनेविरुद्ध उजुरी आह्वान



काठमाडौं, २१ वैशाख। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिक लिन सूचित गरिएको छ ।

युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान अनुरोध गरेको हो ।

गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार ८९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ ।

सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।

यदि, कसैले तोकिएको रकमभन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न आह्वान गरिएको छ । उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६