देश

हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु



संखुवासभा, २२ वैशाख । हेलिकप्टर दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानिय भविन गुरुङ रहेको तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए।

भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए।

हेलिकप्टरले अरुण तेस्रोको सामान बोकेको थियो। घाइते भएका विक्रम शंकरको खाँदबारिमा नै उपचार भइरहेको र मनोज थापा, छिरिङ भोटे र सुरेन्द्र पौडेललाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : २२ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६