प्रदेश

स्वेच्छिक सदस्यता त्याग गर्न पत्रकार महासंघ लुम्बिनीको आग्रह



कपिलवरस्तु, २५ बैशाख । पत्रकारिता क्षेत्रमा क्रियासिल नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ ।


पत्रकारिता क्षेत्रमा क्रियासिल नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मान सहित विदा गर्ने र आबश्यक्ता अनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासंघ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा झण्डै १८ सय जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।


महासंघका प्रदेश महासचिव बिक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गरि गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारण सभाले बनाएको सदस्यता शुद्धिकरण साितिले प्रस्ताव गरे अनुशार लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रिय सििमतको बैठकले पारित गरेको सदस्यता शुद्धिकरण मापदण्ड अनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका ब्यक्तिहरुलाई सदस्यता त्याग गर्न आब्हान गरेका हुन् ।


पत्रकार महासंघका नयाँ मापदण्ड अनुसार पत्रकारिता पेशामा तीन बर्ष देखि सक्रिय नरहेको, राजनितिक दलको कुनैपनि समितिको पदाधीकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी, तथा सेवा आयोगको स्थायी। अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थान बाहेक अन्य सस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासंघका महासचिव खड्काको भनाई छ ।
मुख्य पेशा पत्रकारिता बाहेक अन्य रहेका, कहिलेकाही मात्र पत्रकारिता गर्ने गैर सरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिना भन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रिय समतिले परिपत्र गरसकेकाले स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको भनाई छ ।

प्रकाशित : २५ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६