बुटवल, ३० वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गते देखि गर्ने भएको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल जजिराले १५ मेदेखि फेरि उडान सुरु गर्छु भनेको बताए ।
अहिले रातमा उडान गर्दा विमामनस्थलमा ओभर टाइम दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको उनले बताए ।
जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन । जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको छ ।
प्रतिक्रिया